‘A Space in the Void’ and Other Poems by Ashraf Fayadh in Nepali

Nepali poets have been active in their solidarity with Palestinian poet and artist Ashraf Fayadh, sentenced to death in Saudi Arabia and awaiting his February 2 appeal:  

nepalAkshar Smooha and the Village of English Writers (VIEW) of Chitwan, Nepal organized a program on January 14, the day of global solidarity with Fayadh. On January 15, EduYouths Discussion Forum, Chitwan and Suvarambha Sahitya Samaj Rampur collaborated on the “FREEASHRAF” program. On January 18, Bookaholics, Nepal and the Dyanamic Youth Network organized a program in support of Ashraf Fayadh in Kathmandu.

And today, January 23, the Shilpe Theater in Kathamandu is organizing a poetry recital and art program in support of Fayadh.

Chandra Gurun has shared the poems below; both translations and poems written in solidarity with Fayadh.

‘Frida Kahlo’s Mustache’ translated by Chandra Gurung

फ्रीडा काहलोको जुँगा
-अशरफ फयाद

  1. म बेवास्ता गरिदिनेछु हिलोको दुर्गन्धलाई, वर्षालाई तर्साउनुपर्ने आवश्यकतालाई
    र, मेरो छातीभित्र लामो समयदेखि रहेको आगोलाई ।
    म आफ्नो हालको लागि सही राहत खोज्दैछु,
    जसले मलाई तिम्रो ओठबारे सोच्न दिँदैन, तर म चाहन्छु
    या म झार्न सकूँ तिम्रो रातो पत्रदलमा जमेको कुइरोको थोपो
    या झोँकको गतिलाई गर्न सकूँ सुस्त जो फैलिन्छ ममाथि
    जब यो अनुभव हुन्छ कि
    तिमी छैनौं यस घडी मसित, र रहने छैनौं…
    जब मलाई आफ्नो स्थिति साबित गर्नको लागि
    विवश गरिन्छ रातको कातिल मौनताअघि
    नाटक गर कि धर्ती मौन छ, जस्तो कि टाढादेखि हेर्छौं हामी यसलाई
    र हामीबीच जे भयो त्यो लामो चलेको
    कुनै भद्दा मजाकभन्दा धेरै केही थिएन !
    2.
    तिमी के सोच्छौ ती दिनहरूबारे जुन मैले तिमीविना बिताएँ ?
    ती शब्दहरूका बारेमा जो मेरो भारी दुखाइबाट यत्ति चाँडै वाष्पित भए ?
    ती गाँठबारे जो मेरो छातीमा सुकेको लेउझैं जमेका थिए ?
    मैले तिमीलाई भन्न बिर्सें कि
    मलाई तिम्रो अनुपस्थितिको बानी परिसकेको छ (यान्त्रिकी रूपमा भन्नुपर्दा)
    र शुभकामनाहरूले तिम्रो इच्छाहरूको बाटो बिर्सिसके
    र मेरो स्मृतिलाई बिर्सिदिएको छ
    कि म अझै पनि गरिरहेछु उज्यालोको पिछा—
    हेर्नको लागि होइन, किनभने अँध्यारो खतरनाक छ
    हामीलाई यसको बानी परिहाल्ने पनि !
    के मेरो क्षमायाचनाले पुग्छ ?
    ती सबको लागि जो घटे त्यस दौरान जब म राम्रो बहाना गर्ने कोसिसमा रहेँ ।
    3.
    हरेकपटक ईष्र्या उठिरह्यो मेरो छातीमा
    हरेकपटक निराशाले मेरो अँध्यारो दिनहरूको एक नयाँ दिन बर्बाद ग¥यो
    हरेकपटक मैले भनेँ न्यायलाई हुनेछ महिनावारीको कष्ट
    र प्रेम आफ्नो ढलिरहेको उमेरमा एक कमजोर दिमागी मान्छे थियो
    जो नपुंसकताले ग्रस्त थियो ।
    4.
    मलाई आफ्नो स्मृतिहरूदेखि जोगिनुछ
    र घोषणा गर्नुछ कि म मस्त सुत्छु
    मैले ती प्रश्नहरूलाई च्यात्नैपर्नेछ
    जो खोज्दै आएका छन् तर्क, सटीक जवाफ पाउनका लागि
    ती प्रश्नहरू, थुप्रै निजी कारणहरूले स्वाभाविक विराम खसेपछि आएका हुन् ।
    5.
    ऐनालाई भन्न देऊ कि तिमी कत्ति सुन्दर छौ
    हटाऊ धुलो भरिएको आफ्नो शब्दहरूको थुप्रोलाई
    गहिरो सास लेऊ
    याद गर कत्ति माया गर्थें म तिमीलाई,
    अनि कसरी सबथोक फेरियो बिजुलीको एक झट्कामा
    जो हुनसक्थ्यो भयानक आगोको कारण
    …एउटा खाली गोदाममा ।

‘A Space in the Void,’ translated by Ishwor Kandel

ashraf2शून्यमा एक स्थान
-ईश्वर कँडेल

हरेक बस्तुको तौल हुन्छ
तिम्रो तौलसँग परिचित छ पछाडिका भित्ताहरू
किनकि तिम्रो गरूङ्गो छायाँ
अलकत्रा दिँदैन, रंग दिँदैन
नत झ्यालमा अड्किएका लेखहरूनै देखापर्ने मौका दिन्छ।
तिम्रो पनि स्थान छ
एउटा महत्वपूर्ण स्थान
शून्यमा।
हावा दुषित छ
जति दुषित छ डस्ट विन
र तिम्रो आत्मा
जहिलेदेखि मिसियो यसमा कार्वन
अनि तिम्रो मुटु
जहिलेदेखि यसका धमनिहरू बन्द भए
र दिन छाड्यो नागरिकता
तिम्रै दिमागबाट फर्किआउने रगतलाई।

तिम्रो स्मरण बाहेक
तिम्रो तौल धेरै घटेको छ
तिमिलाई सन्तुलित आहारको जरुरत छ
तिमी अझै दुब्लाउनु छ।

छिट्टै सोच
किनकि पृथ्विको गुरुत्वले धेरै पर्खदैन।

संकेतः समयलाई नामले बदल
जसले तिमिलाई सहिबाटो देखाउनेछ
तिम्रा डायरीका अन्तिम पाना डस्टविनमा फ्याक्न।

तिमी दुई नवजात शिशुहरू बाच्ने हावा लिन्छौ
यदि चीत्कार बराबर थियो भने
तिम्रा वरिपरिका हावाका कणहरु
नराम्रो आवाज गर्छन
त्यसैकारण तिम्रो घाँटिको मरमत जरुरि छ।

अधबैंसे एक महिला भिकारी
देखाउँछे आफ्नो गौरब
केही सिक्का अनि थोत्रो लुगामा
गर्छे प्राथना
तिमी र सँगै हिड्ने सुन्दर युवतीका लागि
एक सुन्दर बालकको
शून्यताको अर्को स्थान ओगट्न
तिम्रा सिक्काको बदलामा।

गति लिने तिम्रो समय आएकोछ
सम्भोगमा होईन
तर तिम्रा दुर्गन्धित मोजाहरु बदल्न
एउटा बैज्ञानिक तथ्य: ब्याक्टेरियाहरू छिट्टै फैलन्छन्।

निन्द्राको सिकार होउ
किनकि तिमी पग्लने समय आईसकेको छ
र हराउ
आफू हराउने आकार लिन
वाफ बन
फेरि बन तरल
र आफ्नै शून्यमा फिर्ता जाउ
तिमी भित्र नै तिमी अटाउ।

10 poems, translated by Raja Punaini

1.
गरीबीको मोसो पोतिदिनु सिवाय
त्यो दिन पेट्रोलले अरू क्यै हानि गर्ने होइन
जुन दिन अर्को तेलको कूवा खोजिनिकाल्नेको अनुहार अँध्यारो हुन्छ
जुन दिन जनताको उपयोगको लागि जीवन
तिम्रो मुटुमै घुस्छ तिम्रो हंसबाट अझ्झै बेसी तेल निकाल्न
खासमा यो तेलले खाएको कसम हो
साँचो कसम
2.
भनिएको थियो – यतै घरबार बसाउनू
तर तिमीहरूमध्ये कोही कोही सबै सबैका दुश्मन हौ
त्यसैले ऐले नै यो ठाउँ छाड़िहाल
नदीको पीँधबाट आफैलाई हेर्नू
माथिल्तिर हुनेले फेदमा बस्नेलाई दयादान गर्नुपर्ने हो
विस्थापित असहाय छ
तेल बजारमा बिक्री नहुने खुनजस्तै
3.
मलाई माफ गरिदेऊ
तिम्रो लागि अझ धेरै आँसु झार्न सकिनँ
तिम्रो नाम झझल्कोमा पुकार्न सकिनँ
मैले मेरो अनुहार तिम्रो अङ्गालोको न्यानोतिर फर्काएँ
मैले कुनै प्रेम भेटिनँ तर तिमीलाई
केवल तिमीलाई पाएँ
र म तिम्रो पहिलो चाहनेवाला हुँ
4.
ए रात
तिमीसँग समयको अनुभव छैन
तिमीसँग बर्खा पनि छैन
जसले पखाल्न सकोस् तिम्रो अतीतको भग्नावशेष
जसले तिमीलाई मुक्त गर्नु सकोस् त्यसबाट
जसलाई तिमीले धर्मपरायणता भनेको थियौ
र मुटुबाट
जुन लायक छ
प्रेमको खेलको र तिम्रो अश्लीलताको चिरफारको
त्यो थिलथिले धर्मबाट
त्यो झूटो ताञ्जीलबाट
ती भगवानबाट जसले उहिल्यै आफ्नो इज्जत गुमाइसकेका छन्
5.
अचेल तिमी पहिलेभन्दा बढ़ी डकार्न थालेका छौ
जस्तो कि ग्राहक लोभ्याउन
रसिलो बोली र मादक नर्तक प्रयोग गर्छ बारले
डीजेको गीति तालसँगै तिमी आफ्नो भ्रमको बयान गर्छौ
र प्रशंसा गर्छौ ती जीऊहरूको
जो झुलिरहेका छन् निर्वासनको गीतमा
6.
हिँड़्ने
या यताउति हल्लिने
या रूनेसम्म हक छैन यद्यपि ऊसित
उसको आत्माको खिड़्की खोल्ने कुनै अधिकार ऊसँग छैन
अथवा उसको हावा, रद्दी र आँसु ताजा गर्ने
तिमी पनि त कस्तो भुल्छौ अनि
कि तिमी रोटीको एउटा टुक्रा हौ
7.
निर्वासनको दिन
नाङ्गै उभिन्छन् उनीहरू
जब कि तिमी पाइपको मैला पानीमा खालीखुट्टै पौड़िन्छौ
यो खुट्टाको लागि स्वस्थकर हुनसक्ला
तर धर्तीको लागि होइन
8.
भविष्यवेत्ताहरू रिटायर भए
सो तिम्रा आफन्तहरू आउने बाटो कुर्न छाड़िदेऊ
तिम्रो लागि
दैनिक रिपोर्ट बनाउँछन् सुलाकीहरू
र मोटो तनाखा थाप्छन्
एउटा इज्जतको जीवन बाँच्न
कत्ति महत्त्वपूर्ण छ पैसा
9.
मेरा बाजे हरेक दिन नाङ्गै उभिन्छन्
देशनिकाला नभई
दैविक सृष्टि नभई
मेरो आकारमा कुनै दैविक छुवाइ बिना नै
म पुनर्जीवित भएको छु
म यो पृथ्वीमा नर्कको अनुभव भएर छु
पृथ्वी त आखिर
रेफ्युजीहरूको लागि बनाइएको नर्क न हो
10.
तिम्रो मूक खुन बोल्ने छैन
जबसम्म तिमी मृत्युमा गौरव प्राप्त गर्नेछैनौ
जबसम्म तिम्रो आत्मालाई मूर्खहरूको हातमा सम्पिएको
गुप्ती घोषणा गरिरहनेछौ
तिम्रो आत्मा गुमाउनुले निक्कै खर्चिने छ समय
तेलको आँसु रोएका तिम्रा आँखालाई
फकाउन लागेको समयभन्दा धेरै

A poem in support of Ashraf Fayad written by Ravi Rodan

ashraf3बन्दी कवि र सडकको गीत
– रवि रोदन

कुर्रताको विरूद्धमा
हस्तक्षेपको काडा उमार्नु
उनीहरू अपराध ठान्छन
आगोको फूलहरू
कुटील हाँसो मनपराउँदैन्न
एउटा बन्दी कविको छातीभरि
आगो निभेको हुँदैन
त्यो सडकको गीत जस्तै
देशको गिदीमा
घन्कीरहन्छ!

अशरफ
मृत्युको डरले भन्दा पनि
देशको कहिले नबदलिने अनुहार समझेर
सिरिङ सिरिङ हुन्छ
कसरी विचारलाई उनीहरू
आकाश भन्दा माथि उठ्नै दिँदैन्न
मरेको देशको जिउँदो कविता लेखेर
कवि बन्दी भएको छ!!

तेलको खानीबाट
एक मुट्ठी घाम
र हत्केलाभरि आकाश नअटाएको कथा अपुरो छ
बगेका आँसुको बेहिसाब मुल्य
तेल भन्दा ज्यादा छ
आँसु र तेलमा आगो पारे
आँसुले टिप्छ पहिला आगो
अशरफले त्यही
आगोको कविता लेखेको हो।

कविको टाउकोलाई
सत्ताले
आतंकवादी समझिन्छ
अनि देशले
घाउ !!

काँडे तार ओछ्याएर
आवज निमोठिरहेछ्न
उनीहरू
तर कविको गीत
उनीहरूले
सुन्नैपर्छ
पुस्तौंपुस्ता घाम पर्खेर बसनेहरूको
गीतको धुन तोड्न पाइन्दैन।

अशरफ
मृत्युको डरले भन्दा पनि
देश समझेर
सिरिङ सिरिङ हुन्छ
तर हेर्नु
जुन दिन देशले बन्दी कवि झुन्डाउँछ
हेर्दै जानु
देश नूनको खाँबो बन्छ !

A poem in support of Ashraf Fayad by Binod Avinab

किन हैरान छन् उनीहरु कवितादेखि ?
-Binod Avinab

कति सजिलेरी
तयार पारिन्छ मोटो डोरी
अबरुद्ध पार्न खोजिन्छ स्वासनली
तर ,
बिचारको यो अनन्त हुरी रोकिन्छ र ?

अशरफ ,
उनीहरु किन हैरान छन् कबितादेखि ?
के कविता अप्रशोधित तेल हो-
जस्ले सत्ताको इन्जिन बिगार्छ |
उनीहरु किन कापिरहेछन् कविता पढेर
र हातमा तराजु बोकेर बोकेर पनि चलाउछन्-
कलमको नीब भाच्ने उपक्रम |

हुन त उनीहरु बेखबर कहाँ छन् र
मसीको क्षत्रफल धेरै हुन्छ मोटो डोरी भन्दा
जहाँ अटाउछ –हजारौ पृथिवी
जुन तिमीले भनेजस्तो पुर्वनिर्धाधित नर्कजस्तो छैन |

अध्यारो छ भन्नु
कारण खोज्नु या उज्ज्यालोको कामना गर्नु
सचहरु जो सधै प्रिय हुदैनन उनिहरुहरुलाई
ति सचहरु लेखिदिनु
कुनै भयानक गल्ति थिएन र
थिएन कविता कुनै बारूद भरेको मिसाइल
तर पनि किन हैरान छन् उनीहरु कवितादेखि ?

A poem in support of Ashraf Fayad written by Nepali poet Harimaya Bhetwal

असरफहरु
-Hari Maya Bhetwal

असरफहरु भुकम्प हुन्
जहाँ घरहरु मात्र हल्लिदैनन
हल्लिञ्छन सासकहरु र हल्लिन्छ सत्ता

असरफहरु सतिसाल हुन्
जो डराउदैनन् आधिसंग
हो सतिसालका पातहरु झर्छन
हागाहरु लच्किन्छन
तर जराले यतिसारो समातेको हुन्छ माटो
जसरि समाउछ समुन्द्रले पानी

असरफहरु आगो हुन्
जो डराउदैनन् ताप संग
हो आगो बाट धुवा निस्किन्छ
आगो बाट झिल्काहरु उड्छन
तर जिल्काहरुले समात्यो भने सुकेको चिज
केहि राख्दैन बाकि जल्न बाट

असरफहरु आरन हुन्
जो मै हु भन्ने सुनलाइ पनि
एक्कैछिनमा गरिदिन्छन रुप परिवर्तन
र बनाइदिन्छन पानी

असरफहरु भोकको जिउदो उदारण हुन्
जो भोकायो भनेर खादैनन् मान्छेको मासु
बरु भोकलाई कोर्छन कागजमा
र जन्माउछन बग्रल्त्ति भोका कविताहरु

हो असरफहरुले देखेका हुन्छन
काला चिलहरुले दिउसै चल्लाहरु टिपेको
सिङ्गै तेलको तलाउमा राजनिती डुबेको
र त पानीको अभाबमा असरफहरु खोतल्छंन माटो
र ओकल्छन आगो

साचै भन्दा ….
असरफहरु त पानी हुन् चाहन्छन
जो सिमाना काटेर ….देश काटेर
बग्दै ….बग्दै पुग्छन जताततै र मेताउछन तिर्खा
जो कोहीको

उसो त ! जब असरफहरु प्रेम गर्छन कलम संग
देख्छन राज्यको दुकुटी ,
लेख्छन सासकहरुको कुकीत्य
त्यसैले त खोरमा थुनेर बिचारलाई
लगाउछु भन्छन सासकहरु आगो

संसारका शासकहरुले
बुजेर पनि एउटा कुरा सधै बुजदैनन
कि ! बिस्वमा कविहरु मात्र हैन शासकहरु पनि मर्छन
आज सम्म कुनै शासकहरुले सब्दहरु मारेको उदारण छैन
तर लेखक , कबिहरुले शासकहरु ढालेको उदारण प्रसस्तै छन हामी संग /



Categories: Palestine, poetry, Saudi

Tags: , , ,

3 replies

  1. Love this. Conquering the literary planet one post at a time, Marcia! Wonderful.

  2. huge thanks for this space !

Follow

Get every new post delivered to your Inbox.

Join 29,305 other followers

%d bloggers like this: